ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय योग दिवस बिभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईयो

२०७९ असार, ७  
विविध फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

असार ७, काठमाडौं। विश्वभरि जुन महीनाको २१ तारिखमा अन्तरराष्ट्रिय योग दिवस मनाईरहँदा मंगलवार नेपालमा पनि विभिन्न कार्यक्रम गरी योग दिवस मनाइएको छ ।  काठमाडौंको कुलेश्वर स्थित नवनीत टोडलर्स जोन्स विद्यालयको प्राङ्गणमा अन्तराष्ट्रिय योग दिवसका अवसरमा योग गुरु सिर्जना राजबाहक कक्षपतिको उपस्थितिमा योगाभ्यासको कार्यक्रमको आयोजना गरेको थियो ।

योग स्वास्थ्य जीवनको मूल मन्त्रका साथ विद्यालयमा योग कक्षा पनि सञ्चालन गरिएको थियो । योग दिवसका दिन स-साना नानीबाबुहरु रमाएर आफुले सक्दो योगको आसनहरु गरेका थिए ।

जुन महिनाको २१ तारिखमा अन्तराष्ट्रिय संगित दिवस पनि परेको हुनाले विद्यार्थीहरुले सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । संयुक्त राष्ट्रसंघले सन २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।

अन्तरराष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। 


तस्वीर: सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)