ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला

२०७९ असार, २२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवन उद्योग प्रदर्शनी परिसरमा दुईदिने रोजगार मेला हुने भएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा आज (बुधवार) र बिहीवार ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने भएको हो । मेलामा उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, चितवन चेम्बर अफ कमर्श लगायतका व्यावसायिक छाता संगठनहरूले सहकार्य गर्नेछन् । होटेल व्यवसायी महासंघ नेपाल, क्षेत्रीय होटेल संघ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन सौराहा र नेपाल पोल्ट्री महासंघले पनि मेलामा सहकार्य गर्ने बताइएको छ । यसैगरी नेपाल सरकार तथा स्वीस सरकारबीच भएको सम्झौतामा आधारित दिगो रोजगारीका लागि शीप परियोजना र हेल्भेटास नेपालले प्राविधिक सहयोग गर्नेछन् । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले रोजगार मेला गर्न लागिएको बताए ।

रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई शीपयुक्त जनशक्तिलाई स्थानीय उद्योग, पर्यटन, होटल, निर्माण व्यवसाय लगायतका क्षेत्रमा रोजगारी उपलब्ध गराउन मेलाले सहयोग गर्ने सुवेदीको भनाइ छ । मेलाले आ–आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मेलामा उद्योग, सेवा–क्षेत्र, विभिन्न व्यवसायका रोजगारदाता लगायत रोजगार र स्वरोजगार बन्न चाहनेका लागि बढी उपयोगी हुने आयोजकको विश्वास छ ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले रोजगार मेलामा विभिन्न व्यावसायिक प्रतिष्ठान तथा उद्योगहरूमा कस्ता जनशक्तिको प्रयोग भइरहेको छ र दक्ष जनशक्तिको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने जानकारी पाइने बताए । मेलाले रोजगारदाता र रोजगारीकर्ताबीच पुलको काम गर्ने उनको भनाइ छ । मेलामा स्वरोजगारबाट उत्पादन भएका प्रवर्द्धन र नयाँ प्रविधिबीच जानकारी तथा व्यवसायीबीच ज्ञान आदानप्रदान गरिने कँडेलले बताए । मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी, शीपमूलक तालीम दिने संस्थाहरूको प्रदर्शनी र शीप विकास तालीम दिइने आयोजकको भनाइ छ ।

मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेला ८ हजार देखि १० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)