ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रोजगार मेलामा २ हजार ८०० आवेदन

२०७९ असार, २४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । रोजगार सृजनाका लागि चितवनमा सम्पन्न ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’ प्रभावकारी भएको आयोजकले बताएको छ । भरतपुरस्थित चितवन उद्योग परिसरको प्रदर्शनी केन्द्रमा दुई दिनसम्म चलेको मेलामा रोजगारी लिन आउनेको उल्लेख्य सहभागिता रहेको आयोजक भरतपुर महानगरपालिकाले बताएको छ । मेला आयोजनामा चितवनकै रत्ननगर नगरपालिकाले समेत सहकार्य गरेको थियो ।

बुधवार र बिहीवार भएको मेलामा २ हजार ८१३ जनाले रोजगारीका लागि आवेदन दिएको बताइएको छ । आवेदन दिएकामध्ये सबैभन्दा धेरै पर्यटनमूलक क्षेत्रमा काम गर्न चाहनेहरू रहेको भरतपुर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।

मेलामा संकलन गरिएको तथ्यांकको अभिलेख अनलाइनमा राखिनेछ । यसका लागि एप निर्माण भइरहेको शैक्षिक महाशाखा प्रमुख पौडेलले बताए । उक्त एप अब अनलाइनमार्फत रोजगारी लिने र दिनेका लागि खुला गरिने जानकारी उनले दिए । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको श्रम बजार एउटै भएकाले दुई स्थानीय तहले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन् । मेलामा चितवनका शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग लगायत क्षेत्रका प्रनिनिधिको सहभागिता थियो । यसअघि नेपालका कुनै पनि स्थानीय तहले रोजगार मेला नगरेकाले यो प्रयास नेपालमै पहिलो रहेको आयोजकको दाबी छ । आयोजकका अनुसार मेला अवलोकन करीब ११ हजार जनाले गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)