ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बोटलर्स नेपालको सहयोगमा विद्यालयमा ई–पुस्तकालय स्थापना

२०७९ असार, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनको रत्ननगरका दुई सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिएको छ । कोकाकोला फाउण्डेशन र बोटलर्स नेपाल (तराई) कम्पनीको सहयोगमा क्रियशन नेपाल काठमाडौंले ई–पुस्तकालय स्थापना गरेको हो । रत्ननगर–६ मा रहेको बछौली मावि र वडा नं ८ मा रहेको चित्रसारी माविमा सोमवार पुस्तकालयको उद्घाटन गरिएको छ ।

बछौली माविमा वडाध्यक्ष किरण महतो, क्रियशन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्र र नायिका तथा एम्बासडर केकी अधिकारीले ई–पुस्तकालय उद्घाटन गरेका हुन् । त्यस्तै चित्रसारी माविमा स्थापित ई–पुस्तकालय वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरी, संस्थापक अध्यक्ष मिश्र र नायिका अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । पुस्तकालयमा कक्षा १ देखि १० सम्मको पाठ्यक्रमसहित ८ हजार ६०३ पुस्तक छन् । त्यस्तै २ हजार ९९४ अडियो किताब, २ हजार १२२ पठनीय भिडियो र ४ हजार ११५ लेख उपलब्ध रहेको क्रियशन नेपालकी सामुदायिक पहुँच अधिकृत राममाया श्रेष्ठले जानकारी दिइन् ।

ई–पुस्तकालयमा अंगे्रजी र नेपाली भाषामा लेखिएका पुस्तक राखिएका छन् । सूचना प्रविधिको विकाससँगै सामुदायिक विद्यालयका विद्यार्थीलाई पढ्ने बानीको विकास गर्न ई–पुस्तकालय स्थापना गरी सञ्चालनमा ल्याइएको श्रेष्ठले बताए । सो पुस्तकालयबाट शिक्षक, विद्यार्थी र अभिभावक लाभान्वित हुनेछन् । कार्यक्रममा क्रियशन नेपालका संस्थापक अध्यक्ष मिश्रले ई–पुस्तकालयको माध्यमबाट सामुदायिक विद्यालयका विद्यार्थीको ज्ञान र शीप विकासका लागि पुस्तकालय स्थापना गरिएको बताए ।

बोटलर्स नेपाल (तराई) कम्पनीका प्रतिनिधि विक्रम केसीले क्रियशन नेपालसँगको सहकार्यमा पुस्तकालय स्थापना र वातावरण संरक्षणको क्षेत्रमा कार्यक्रम गरिएको बताए । वातावरण संरक्षणको अभियान विद्यालय स्तरमा सञ्चालन गर्दा प्रभावकारी हुने उनको विश्वास छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)