ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उदाहरणीय बन्दै भीमेश्वर मकैबारीका किसान

२०७९ असार, ३०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिका–७ का किसान जिल्लाका नमूना किसान बनेका छन् । सिरु मात्र उम्रने ठानिएको लेकाली भेग मकैबारीलाई उब्जाउ क्षेत्रमा बदलेका मकैबारीका किसान आफ्नै मेहनतका कारण दोलखामा नमूना बनेका हुन् ।

अहिले मकैबारी क्षेत्रबाट मात्र वर्षको ६ करोड रूपैयाँभन्दा बढीको तरकारी निर्यात हुने गरेको मकैबारीका किसान बताउँछन् । ‘मेहनत गर्न सके आम्दानीका लागि विदेश वा शहर नै पस्नुपर्ने रहेनछ,’ स्थानीय अगुवा किसान कल्पना राउतले भनिन्, ‘अहिले यही तरकारीखेतीबाटै घरखर्च चलेको छ । दुई छोरीहरू कलेज पढाउँदै छु । छोरालाई अध्ययनका लागि अष्ट्रेलिया पठाएको छु ।’

उनका छोरीहरूले पनि उनलाई फुर्सदको समयमा काममा सघाउने गरेका छन् । अध्ययन सकेपछि छोरोलाई स्वदेश बोलाएर व्यावसायिक कृषिमा लगाउने योजना उनले सुनाइन् । सरकारले कृषिमा काम गर्ने उचित वातावरण बनाउन नसकेको उनले गुनासो गरिन् ।

तरकारीखेतीका लागि आवश्यक मल, बीउ कीटनाशक औषधि सुपथ मूल्यमा पाउने व्यवस्था मिलाउनुपर्ने उनको माग छ । तरकारी ओसारपसार गर्न उनले ट्रक समेत खरीद गरेकी छन् । गाउँका किसानले उत्पादन गरेको तरकारी कहिले काठमाडौंको कालीमाटी त कहिले बर्दिवास पठाउने गरेको कल्पनाले बताइन् ।

मकैबारीमा अहिले ६० किसानले व्यावसायिक रूपमा तकारीखेती गरिरहेको मकैबारीकै अर्का किसान चन्द्र तामाङले बताए । रोगकीराको प्रकोप बढिरहेकाले अहिले घुम्तीबाली लगाउने गरेको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)