ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राप्तीका किसानलाई ४३ लाख अनुदान वितरण

२०७९ सावन, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । राप्ती नगरपालिका–५ भण्डाराको दुग्ध उत्पादक सहकारी संस्थामा दूध विक्री गर्ने किसानलाई बागमती प्रदेश सरकारले उत्पादनका आधारमा अनुदान रकम वितरण गरेको छ । प्रदेश सरकारबाट प्राप्त ४३ लाख ४ हजार १२ रुपैयाँ सो सहकारीअन्तर्गतका १ हजार ३१४ जना किसानलाई वितरण गरिएको हो । बागमती प्रदेशका पूर्वकृषिमन्त्री दावा लामा र राप्ती नगरपालिका प्रमुख शमशेर लामाले किसानलाई उनीहरूले पाउने रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

गत आर्थिक वर्षमा सो सहकारीमा किसानले २६ लाख २७ हजार ६०२ लिटर दूध विक्री गरेका थिए । प्रतिलिटर १ रुपैयाँ ३६ पैसाका दरले किसानले प्राप्त गरेको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले जानकारी दिए । सबैभन्दा बढी दूध विक्री गर्ने राप्ती–६ स्थित दनाई गाईपालन व्यावसायिक फार्मका सञ्चालक नीलकान्त दनाईले १ लाख ११ हजार ५९५ रुपैयाँ प्राप्त गरे ।

वितरण कार्यक्रममा प्रदेशसभा सदस्य एवं पूर्वकृषिमन्त्री लामाले उत्पादनका आधारमा दिइने अनुदान रकम घटाउन नहुने बताए । लामा मन्त्री हुँदा बागमती प्रदेश सरकारले प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान दिने व्यवस्था मिलाएको थियो । तर अहिले अनुदान रकम घटाइएको छ ।

राप्ती नगरपालिका प्रमुख शमशेर लामाले चालू आर्थिक वर्षमा किसानलाई उत्पादनका आधारमा प्रतिलिटर ७५ पैसाका दरले अनुदान दिने व्यवस्था मिलाइएको बताए । गत आर्थिक वर्षमा ५० पैसाका दरले अनुदान दिइएको थियो । उत्पादनका आधारमा अनुदान दिँदा किसान प्रत्यक्ष लाभान्वित हुने नगरप्रमुख लामाको भनाइ छ ।

अनुदान प्राप्त गर्न थालेपछि किसान पशुपालनमा थप आकर्षित हुनुका साथै व्यावसायिकतातर्फ उन्मुख रहेको सहकारीका अध्यक्ष डिल्लीप्रसाद थपलियाले बताए  । अनुदान दिँदा उत्पादन पनि बढ्ने र कृषक व्यावसायिक पनि बन्ने उनको भनाइ छ । सहकारीका उपाध्यक्ष डालबहादुर श्रेष्ठले सरकारले उपलब्ध गराउने उपकरण किसान आफैले खरीद गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)