ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतीय चुनाव र ज्वरोको ओखती !

Apr 7, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri
 
आजदेखि शुरु हुने आमनिर्वाचनको ज्वरोले सम्पूर्ण भारतलाई तताएको छ । यसै मेसोमा अहिले भारतीय मतदाताहरुलाई लागेको यो राजनीतिक ज्वरो निको पार्न प्रधानमन्त्री पदका प्रमुख प्रत्याशीहरुको नाममा ब्राण्डिङ गरिएका औषधिहरु फार्मेसीहरुले विक्री गर्न थालेका छन् । प्रमुख प्रतिपक्षी भारतीय जनता पार्टी गठबन्धन प्रम पदका दावेदार मोदीलाई दर्शाउने ‘नमो’ ट्याब्लेटको अहिले राम्रो विक्री भइरहेको छ । त्यसैगरी, सत्तारुढ कङ्ग्रेस गठबन्धनका प्रत्याशी राहुल गान्धीको नामबाट निर्मित ‘रागाफ्लाम’ ट्याब्लेटले पनि चर्चा पाइरहेको छ । नमो ट्याब्लेट सामान्य ज्वरो र टाउकोदुखाइ निको पार्ने निमुस्लाइड र पारासिटामोलजस्ता तत्त्ववको सम्मिश्रण हो । रागाफ्लामचाहिँ डिकोफ्लेन्का र पारासिटामोलयुक्त दुखाइ कम पार्ने औषधि (पेनकिलर) हो । 
 
यी औषधि उत्पादन गर्ने हरियाणा राज्यस्थित कम्पनी आईसीआई हेल्थकेयरका एक उच्च अधिकारीले विगत केही हप्तायता भारतभरिका फार्मेसीहरुमा २० लाख नमो र रागाफ्लेम ट्याब्लेट वितरण भइसकेको बताए । उनका अनुसार हाल यी दुई औषधिको देशभरि माग उच्च भएको छ । ‘हामीले पहिलोपटक हाम्रा उत्पादनहरु दुई प्रमुख राजनीतिज्ञको नाममा राखेर विक्री गर्ने प्रयत्न गरेका हौं, आईसीआई हेल्थकेयरका निर्देशक नवीन जैनले भने, ‘यो उनीहरुको ब्राण्ड मूल्य प्रयोग गर्ने प्रयास पनि हो, जुन सफल भएको छ ।’ उनले पञ्जाब, हरियाणा, राजस्थान, मध्यप्रदेश, छत्तीसगढ र आसाममा नमो र रागाफ्लामले राम्रो बजार लिएको जानकारी दिए । 
 
नमो ट्याब्लेट प्रतिस्पर्धी कम्पनी अल्केमले उत्पादन गर्ने उही प्रकृतिको सुमो ट्याब्लेटभन्दा प्रतिस्ट्रिप ६ रूपया सस्तो हुनुले पनि विक्री बढेको हो । यो ट्याब्लेट मात्र नभई नरेन्द्र मोदीको नामबाट राखिएको दुखाइ कम गर्ने ‘नमोनिजेल’ नामक एक मल्हम पनि भारतीय बजारमा आएको छ । विश्लेषकहरुले यस्ता औषधिहरुले प्रतिस्पर्धी दलहरुको चुनावी प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन सक्ने बताएका छन् । तर, यी औषधि बजारमा आउनुसँगै के मोदी र राहुलले भारतले खेपिरहेका विभिन्न प्रकारका आर्थिक, राजनीतिक र सामाजिक ‘ज्वरो’ (समस्या)को निदान गर्न सक्ने क्षमता आफूसँग छ भनेर दाबी गर्न सक्लान् भन्ने प्रश्न पनि उठेको छ । यदि राजनीतिज्ञहरुको लोकप्रियता औषधिहरुको परिभाषिक शब्द बन्न सक्छ भने आगामी दिनमा बजारमा कस्ता उत्पादनहरु आउन सक्लान् ? के ‘दिदी’ (ममता बनर्जी) डाइजिनले अपचको समस्या समाधान गर्न सक्ला ? के ‘लालु’ (लालुप्रसाद यादव) सिरपले चिसो र कफबाट ग्रस्त मानिसलाई राहत देला ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)