ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखाका स्थानीय तहको बेरुजु ३६ करोड १९ लाख

२०७९ सावन, ३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । आर्थिक वर्ष २०७७/७८ मा दोलखाका स्थानीय तहहरूको बेरुजु रकम रू. ३६ करोड १९ लाख ८० हजार रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको उक्त आर्थिक वर्षको अन्तिम लेखापरीक्षण अनुसार सो बेरुजु रकम पाइएको हो ।

महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ मा आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका ९ ओटा स्थानीय तहहरूमा उक्त रकम बेरुजु पाइएको उल्लेख छ । प्रतिवेदन अनुसार जिल्लाका ९ स्थानीय तहहरूमध्ये रकमका हिसाबले सबैभन्दा बढी बेरुजु भीमेश्वर नगरपालिकाको र सबैभन्दा कम तामाकोशी गाउँपालिकाको छ । सो आर्थिक वर्षमा भीमेश्वर नगरपालिकाको बेरुजु रकम रू. ९ करोड ६९ लाख ७० हजार छ भने सबैभन्दा कम तामाकोशी गाउँपालिकाको रू. १ करोड १ लाख ४२ हजार छ ।

त्यस्तै अन्य स्थानीय तहहरूमा बैतेश्वर गाउँपालिकाको ७ करोड २९ लाख ८१ हजार, मेलुङ गाउँपालिकाको ४ करोड ८२ लाख ६० हजार तथा बिगु गाउँपालिकाको ४ करोड ३४ लाख ९४ हजार रहेको छ ।

यस्तै कालिञ्चोक गाउँपालिकाको रू. २ करोड ७७ लाख ८४ हजार, शैलुङ गाउँपालिकाको रू. २ करोड ६२ लाख ४६ हजार र गौरीशंकर गाउँपालिकाको रू. १ करोड ९३ लाख २० हजार  बेरुजु रहेको छ ।

कुल लेखापरीक्षण गरिएको रकमको प्रतिशतका हिसाबले भीमेश्वर नगरपालिकाको ४ दशमलव ८० प्रतिशत, बैतेश्वर गाउँपालिकाको ६ दशमलव ३३ प्रतिशत र बिगु गाउँपालिकाको ४ दशमलव २० प्रतिशत रकम बेरुजु देखिएको ५९औं प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी मेलुङ गाउँपालिकाको ४ दशमलव शून्य ५ प्रतिशत, शैलुङ गाउँपालिकाको २ दशमलव १६, तथा कालिञ्चोक गाउँपालिकाको १ दशमलव ९५ प्रतिशत बेरुजु रहेको छ । त्यस्तै गौरिशंकर गाउँपालिकाको १ दशमलव ८८ प्रतिशत, जिरी नगरपालिकाको १ दशमलव ६८ प्रतिशत र तामाकोशी गाउँपालिकाको शून्य दशमलव ८३ प्रतिशत रकम बेरुजु पाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)