ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालको सौन्दर्यमा बंगलादेशी माेहित (फोटो फिचर)

२०७९ साउन, १०  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

साउन १०, बंगलादेश । हिउँले ढाकिएको हिमालको दृश्य होस् वा कञ्चनपुरको दोधारा–चाँदनी पुलबाट देखिने सूर्यास्तको । प्रकृतिको सौन्दर्यमा रमाउने जोकोहीलाई पनि यस्ता दृश्यले लालयित बनाउँछ । 

बंगलादेशको राजधानी ढाकामा सोमवार आयोजना गरिएको फोटो प्रदर्शनीमा पनि यस्तै दृश्य देखियो । ‘अमेजिङ नेपाल’ नाम दिइएको प्रदर्शनीमा सहभागीहरू नेपालको सौन्दर्यमा मोहित मात्रै भएनन्, फोटोबारे जान्न उत्सुक पनि देखिन्थे । 

राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले बंगलादेश फोटो जर्नालिष्ट एशोसिएशनसँगको समन्वयमा नेपालका विभिन्न ठाउँमा कैद गरिएका तस्वीरहरूको प्रदर्शनी गरिएको थियो, जसमा विश्वको सर्वाेच्च शिखर सगरमाथादेखि बुद्ध जन्मस्थल लुम्बिनीसम्मका तस्वीरहरू राखिएका थिए । 

प्रदर्शनीमा राखिएका तस्वीरबारे सहभागीलाई जानकारी दिँदै थिए, समूहका अध्यक्ष प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठ । उनीहरूले प्रदर्शनीमा सहभागी बंगलादेशीलाई नेपाल घुम्न पनि आह्वान गरेका छन् । 

नेपालका फोटो पत्रकारहरूको संगठन (एनएफपीजी)का सदस्यहरूले पेश गरेका २०० तस्बिरहरूमध्ये प्रदर्शनीका लागि २२ तस्वीरहरू छानिएका थिए ।

प्रदर्शनीमा छानिएका तस्वीरहरू प्रदीपराज वन्त, सागर श्रेष्ठ, राजेन्द्र थापा, किरण ढुकुचु, नवराज श्रेष्ठ, सुशील कुमार श्रेष्ठ, राजन काफ्ले, सुनिल शर्मा, भवानी शिलाकार, हरिगोपाल प्रधान, लेखबहादुर श्रेष्ठ, शरद जोशी, सुरेश राज शाकय, राम शाक्य, चुजु, चन्द्रकला केशरी, प्रेम थापा र राधिका कँडेलले खिँचेका हुन् । 

कार्यक्रममा बंंगलादेश फोटो जर्नालिष्ट एशोसिएशन, ढाकाका अध्यक्ष सोहेल हैदर, सचिव अख्तर अहमद तथा संस्थापक सदस्य वरिष्ठ पत्रकार काजी रौनक हुसेन लगायतका पत्रकारहरूको सहभागिता थियो । 

प्रदर्शनीको उद्घाटनमा रोयटर्सका फोटो पत्रकार रफिकुर रहमान, कार्यवाहक अध्यक्ष नसिम सिकदर, कार्यवाहक महासचिव जीवन आमिर, वरिष्ठ फोटो पत्रकार काजी रौनक, ढाका पत्रकार युनियनका अध्यक्ष सोहेल हैदर चौधरी, महासचिव अक्तार हुसेनलगायतको उपस्थिति थियो । 

बंगलादेशमा नेपाललाई चिनाउन प्रदर्शनी आयोजना गरिएको समूहका अध्यक्ष वन्तले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)