ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा १ वर्षमा थपिए १६ सय उद्योग

२०७९ साउन, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा १ वर्षको अवधिमा करीब १ हजार ६०० उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय, चितवनको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा सबै प्रकारका गरी १ हजार ५८४ ओटा उद्योग दर्ता भएका हुन् । कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनमा आधारित, ऊर्जामूलक, खनिज, निर्माण, पर्यटन, सेवा र विज्ञान तथा सूचना प्रविधिमा आधारित उद्योग दर्ता हुने गर्छन् ।

गत आर्थिक वर्षमा उत्पादनमूलक, कृषि तथा वनमा आधारित, पर्यटनमूलक र सेवामूलक शीर्षकमा मात्र नयाँ उद्योग दर्ता भएका छन् । कार्यालयका अनुसार सो अवधिमा उत्पादनमूलक उद्योग २३१ ओटा, कृषि तथा वनमा आधारित उद्योग १ हजार ३७, उत्पादनमूलक उद्योग २३१, पर्यटन उद्योग १७ र सेवामूलक उद्योग २९९ ओटा दर्ता भएका छन् । अन्य शीर्षकमा भने कुनै पनि उद्योग दर्ता भएका छैनन् ।

कार्यालयका प्रमुख यादवनाथ आचार्यले कोरोना महामारी कम भए पनि गत आर्थिक वर्षमा उद्योग दर्ता गर्नेको संख्या बढ्न नसकेको बताए । ‘गतवर्ष उद्योग दर्ता कोरोनाकालमा जति पनि भएन,’ उनले भने । उद्योग दर्ता घट्नुमा आर्थिक क्षेत्रको अवस्था खस्कनु र तरलता अभाव मुख्य कारण रहेको उनले बताए । लगानीको उपयुक्त वातावरण नभएकाले अन्य शीर्षकमा उद्योग दर्ता नभएको उनको भनाइ छ ।

गत आर्थिक वर्षमा पुरुषभन्दा महिलाको नाममा दर्ता भएका उद्योग धेरै रहेको कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार सो अवधिमा महिला उद्यमीको नाममा १ हजार ८३ ओटा उद्योग दर्ता भएका छन् । यस्तै उत्पादनमूलक उद्योगतर्फ पुरुषको नाममा २०४ र महिलाको नाममा १४३ ओटा दर्ता छन् । कृषि तथा वनमा आधारित उद्योगतर्फ महिलाको नाममा ७२४ र पुरुषको नाममा ३९४ ओटा उद्योग दर्ता भएको कार्यालयले बताएको छ । यसैगरी सेवामूलक उद्योग महिलाको नाममा २०८ र पुरुषको नाममा ११३ ओटा दर्ता भएका छन् । पर्यटनमूलक उद्योगमा भने महिला उद्यमी आठ र पुरुष उद्यमी ११ जना छन् । कार्यालय प्रमुख आचार्यले पछिल्लो समय कृषि तथा अन्य उद्योग दर्तामा विभिन्न छूट तथा सहुलियतको व्यवस्थाले महिला उद्यमीको संख्यामा वृद्धि भएको बताए । ‘महिलाले उद्योग दर्ता गर्दा अहिले ५० प्रतिशत छूट पाउँछन्,’ उनले भने, ‘महिलाको नाममा उद्योग दर्ता गर्दा बैंक तथा वित्तीय संस्थाबाट कर्जामा सहुलियतको व्यवस्था छ । सरकारी अनुदान लिन समेत सहज हुन्छ ।’ दर्ता भएका सबै उद्योगमा ५ हजार १९१ जनाले रोजगारी पाएको कार्यालयले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)