झापा (अस) । नबिल बैंकले कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहँुच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीको सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।
दिगो बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको बैंकको भनाइ छ । उक्त अवसरमा नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको विस्तार र विकासमा वित्तीय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताए । नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीलाई आफ्नो व्यापार व्यवसाय प्रवर्द्धनमा थप हौसला दिएको उनको भनाइ छ । नबिल दिगो बैंकिङका प्रमुख लीलाप्रसाद ओझाले नबिल दिगो बैंकिङका विभिन्न आयामहरूका बारेमा प्रस्तुति दिएका थिए । कृषि कर्जा, महिला तथा युवा उद्यमशील कर्जाका बारेमा पनि उनले जानकारी गराएका थिए ।