काठमाडौं (अस) । सिटिजन्स बैंक र रूपन्देहीको राजी क्लिनिकबीच सम्झौता गरिएको छ । क्लिनिकका सेवामा बैंकका ग्राहकलाई छूट उपलब्ध गराउने सम्बन्धमा दुई संस्थाले सम्झौता गरेका हुन् । सम्झौताअनुसार बैंकका ग्राहकले सो क्लिनिकमा गरिने स्वास्थ्य परीक्षणमा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छूट पाउने भएका छन् । त्यस्तै ६५ वर्षभन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशतसम्म छूट दिइने बताइएको छ ।