ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ललितपुरमा मनाइयाे दानकाे पर्व यल पञ्चरा (फोटो फिचर)

२०७९ साउन, २०  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

साउन २०, काठमाडौं । बौद्ध धर्म मान्ने ललितपुरका नेवार समुदायले शुक्रवार यल पञ्चदान पर्व मनाएका छन् । यो पर्व बुद्ध बोधिसत्वहरूको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरूलाई दान प्रदान गर्नेसँग सम्बन्धित छ।

प्रत्येक वर्ष गुंलाथ्व अष्छटमिका दिन बौद्धहरूको धार्मिक पर्व यल पञ्चरा भव्यपमा मनाइन्छ । सोही अवसरमा यल पञ्चराका दिन पञ्चदान दिने गरिन्छ । पञ्चदानलाई स्थानीय भाषामा पञ्चरा भनिन्छ। यो दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल आदि पाँच प्रकारका वस्तु दान गरिने भएकाले पञ्चदान भन्ने गरिन्छ।

यस दिन बज्राचार्य र शाक्य जातिका व्यक्तिहरू घरघरमा गई दान ग्रहण गर्ने परम्परा रहेको छ । दिपंकर बुद्धले आजकै दिनमा पहिलो पल्ट दान ग्रहण गरेको जनविश्वास रहेको छ। चामल, गहुँ, नुन, केराउ, खीर, फलफूल लगायत दान गर्दा विहार, घरआँगनमा दीपंकर बुद्धका मूर्ति, देवदेवी तथा पौवा चित्र सजाएर पञ्चदान गर्ने परम्परा छ ।

दिनभर उपत्यकाका शाक्य/बज्राचार्यहरूलाई धान, चामल, गेडागुडी, नून, फलफूल, दक्षिणा, कूचो आदि गरी कम्तीमा ९ ओटा किसिमका दान प्रदान कार्यसँगै गाथा/स्तोत्र पाठ हुने गरेको छ । यस दिन दान लिन आउने पहिलो व्यक्तिलाई घरजग्गा/सुनचाँदी/नगद दिने चलनसमेत छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)