काठमाडौं । स्टेट बैंक अफ इण्डिया (एसबिआई) ‘फर्च्युन ग्लोबल ५००’ सूचीको २३६औं स्थानमा परेको छ । स्टेट बैंक अफ इण्डिया नेपाल एसबिआईको प्यारेन्ट बैंक हो । उक्त बैंक यसअघिको अवस्थाबाट १७ स्थान माथि उक्लँदै सो स्थानमा आइपुगेको हो ।
भारतीय बैंकिङ बजारमा सो बैंकले एक चौथाइ हिस्सा ओगटेको दाबी गरिएको छ । भारतमा २२ हजारभन्दा बढी शाखा रहेको उक्त बैंकले ४५ करोड ग्राहकलाई सेवा दिँदै आएको बताइएको छ । बैंकले ३० देशमा २२७ विदेशी कार्यालयसहित विश्वव्यापी नेटवर्क बनाएको छ । सोही बैंकको जोइन्ट भेन्चरमा नेपाल एसबिआई बैंकले नेपालमा २९ वर्षदेखि कारोबार गर्दै आएको छ । नेपालका विभिन्न ५१ जिल्लामा नेपाल एसबिआई बैंकको उपस्थिति रहेको छ ।