काठमाडौं (अस) । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा भिडियो सार्वजनिक गरेको हो । भिडियोले विभिन्न जिल्लामा शिक्षाको पहुँचबाट वञ्चित विद्यार्थीलाई ‘हजुरको छोराछोरीको लागि लगानीसँगै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग’ नारासहित शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन् भन्ने उद्देश्यले बाल दिवसको अवसरमा ‘प्रभु लिटिल च्याम्प्स पीएमएस’ योजना शुरूआत गरेको छ ।
सोही विषयसँग सम्बन्धित ‘आशा’ नामक भिडियो कम्पनीले सार्वजनिक गरिएको जानकारी दिएको छ । भिडियोमा व्यवसायसँगै संस्थागत रूपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुआत गरेको प्रभु क्यापिटलको भनाइ छ । सो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्ज्वल भविष्यका साथै सामाजिक कार्यमा सहयोगी बन्न सक्ने कम्पनीको भनाइ छ ।