ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा बैंकको शैक्षिक छात्रवृत्ति आवेदन खुला

२०७९ साउन, २४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA

काठमाडौं (अस) । सानिमा बैंकले शैक्षिक छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । बैंकले कक्षा ११ र १२ का विद्यार्थीलाई वार्षिक ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले आवेदन माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाबाहिरका प्रत्येक शाखाहरूबाट दुई–दुई जना  विद्यार्थीलाई कक्षा ११ र १२ पढ्न छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

बैंकले उपलब्ध गराउने छात्रवृत्तिमा विद्यार्थीले आफ्नो रोजाइको विषय र शैक्षिक संस्थामा अध्ययन गर्न पाउनेछन् । छात्रवृत्तिका लागि विद्यार्थीले आगामी ३१ भदौसम्म आवेदन दिन सक्नेछन् । बंैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरूमा विपन्न वर्गका विद्यार्थीलाई लाभ पुग्नेगरी विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)