ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर महानगरपालिकाको भवनको ठेक्का सम्झौता

२०७९ साउन, २५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का सम्झौता भएको छ । शुक्रवार भरतपुर महानगरपालिका र भवन निर्माणको ठेक्का पाएको शर्मा–सगरमाथा–सगुन जेभीबीच ठेक्का सम्झौता भएको हो । भवन निर्माणका लागि ७८ करोड ११ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । कम्पनीले मूल्यअभिवृद्धि करसहित ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँमा भवन निर्माण गर्ने सम्झौता गरेको छ । सम्झौता भएको मितिले ३० महीनाभित्र भवन निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकाले नयाँ भवनको निर्माण गर्न लागिएको बताइएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले सेवाग्राहीको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन नयाँ भवन बनाउन लागिएको बताइन् ।

संघीय अर्थ मन्त्रालय, बागमती प्रदेश र महानगरको संयुक्त लगानीसहित स्रोत सुनिश्चितता गरेर भवन निर्माण गर्न लागिएको उनले बताइन् । संघीय सरकारबाट ३५ करोड रुपैयाँ र बागमती प्रदेश सरकारबाट ठेक्का स्वीकृत रकमको ५० प्रतिशत बजेट विनियोजन गर्नेगरी स्रोत सुनिश्चित गरिएको जानकारी उनले दिइन् ।

विकेन्द्रित सेवाहरू महानगरपालिकाको केन्द्रीकृत भवनबाट सहज रूपमा प्रदान हुने  दाहालको भनाइ  छ । उक्त भवनको शिलान्यास गत चैत ११ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । निर्माण कम्पनीका अनुसार अहिले वर्षाको समय भएकाले दशैं–तिहार लगत्तै भवन निर्माणको काम शुरू हुनेछ ।

६ तले भवनको जम्मा क्षेत्रफल १४ हजार १५२ वर्गमिटर हुने र त्यसमा ५० गाडी र २५० ओटा मोटरसाइकल अट्न सक्ने अन्डरग्राउण्ड पार्किङ हुनेछ । भवनमा दुईओटा लिफ्ट, सांस्कृतिक हल र पुस्तकालय रहनेछन् । त्यस्तै प्रत्येक तलामा ज्येष्ठ नागरिक विश्राम कक्ष रहने बताइएको छ । भवनमा १५८ ओटा साना ठूला कार्यकक्ष रहने र २२१ कोठा हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)