काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच सम्झौता गरिएको छ । अस्पतालले प्रदान गर्ने सेवाहरूमा बैंकका ग्राहकलाई छूट उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो ।
सम्झौता अनुसार बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरूले माया मेट्रो अस्पतालका सेवाहरूमा १५ प्रतिशतसम्म छूट पाउने छन् । छूट लिनका लागि बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्डमार्फत भुक्तानी वा कर्मचारीले बंैकको परिचयपत्र पेश गर्नुपर्नेछ ।
बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यान दिँदै विभिन्न अस्पतालहरूसँग उक्त किसिमको सम्झौता गर्दै आएको छ । बैंकले हाल ७७ ओटै जिल्लामा २८९ शाखामार्फत कारोबार गर्दै आएको छ । २६५ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइँदै आएको बैंकले बताएको छ ।