ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी बन्दै माछापुच्छ्रे बैंक

२०७९ साउन, २५  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं (अस) । माछापुच्छ्रे बैंकले डिजिटल इकोनोमी प्रवर्द्धनमा आफू प्रभावकारी बनिरहेको दाबी गरेको छ । बैंकले मुलुकका विभिन्न स्थानमा डिजिटल सेवा बढाइरहेको सन्दर्भमा उक्त दाबी गरेको हो । पछिल्लो समय बैंकले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र बेनीको गलेश्वर शिवालय क्षेत्र विकास समितिमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यी दुई स्थानमा क्यूआर कोडमार्फत भुक्तानी हुने व्यवस्था गरेको हो ।

विन्ध्यवासिनी मन्दिरमा आइतवार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. रामशरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त क्यूआर कोड सेवाको संयुक्त रूपमा शुभारम्भ गरेका थिए ।

त्यस्तै म्याग्दीको बेनीस्थित गलेश्वर शिवालय क्षेत्रमा मंगलवार नेपाल राष्ट्र बैंक पोखराका निर्देशक खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी, बेनी नगरपालिकाका मेयर सुरत केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले क्यूआर कोड सेवाको शुभारम्भ गरेका थिए ।

धार्मिक क्षेत्रमा सञ्चालनमा आएको क्यूआर कोड सेवाले मन्दिरमा आउने दशनार्थीलाई सहज बनाउने अपेक्षा गरिएको छ । दर्शनार्थीले सो क्यूआर कोडमार्फत भेटी चढाउन थालिसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)