ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा बैंकलाई आईएफसीको २ करोड डलर ऋण

२०७९ साउन, २६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)बाट २ करोड अमेरिकी डलर ऋण प्राप्त गरेको छ । तरलता अभावलाई दृष्टिगत गर्दै गत आर्थिक वर्षमा गरिएको सम्झौता अनुसार बैंकले उक्त ऋण प्राप्त गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकले दिएको स्वीकृति अनुसार ऋण प्राप्त गरेको जानकारी दिएको छ । आईएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस फईले बैंकमा गरिएको उक्त ऋण लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा सघाउने बताए । उक्त ऋणले नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने अपेक्षा समेत उनले गरे ।

लघु, साना तथा मझौला व्यवसायको लगानीले सो क्षेत्रको विस्तार र रोजगारी सृजना गर्न सक्षम बनाउने बैंकले बताएको छ । त्यस्तै नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन टेवा पुग्ने अपेक्षा गरिएको छ । आईएफसी नेपालमा एसएमई इकोसिस्टमको विकास गर्न सानिमा बैंकको प्रतिबद्धता अनुसार दीर्घकालीन साझेदारीका लागि तयार रहेको बताइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा आईएफसीबाट प्राप्त रकमले लघु, साना तथा मझौला उद्यमका क्षेत्रमा कर्जा प्रवाह गर्न सहज हुने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)