काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ गज्जब मुद्दती’ खाता सञ्चालनमा ल्याएको छ । व्यक्तिगत मुद्दती खातामा ९ वर्ष ४ महीना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दती खातामा ८ वर्ष ७ महीना २८ दिनमा तेब्बर हुनेगरी बैंकले सो खाता सञ्चालनमा ल्याएको हो । त्यस्तै व्यक्तिगत मुद्दती खातामा ५ वर्ष १० महीना १८ दिनमा प्रतिफल दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महीना ६ दिनमा दोब्बर हुने बैंकले जानकारी दिएको छ ।