ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिवि व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउने

२०७९ साउन, २७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं (अस) । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउने भएका छन् । त्यसका लागि बैंक र विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता गरिएको छ । सम्झौतामा अनुसन्धानसम्बन्धी कार्य गर्ने समेत उल्लेख गरिएको छ ।

सम्झौताअनुसार त्रिवि व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले बैंकमा इन्टर्नशिप गर्न पाउनेछन् । त्यस्तै विभागका विद्यार्थी र प्राध्यापकमार्फत बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा अनुसन्धानात्मक काम गर्न सक्नेछ ।

बैंकको अनुसन्धान सम्बन्धी कार्यका लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ । सो सूची अन्तर्गतका प्राध्यापकहरूलार्ई आवश्यकताअनुसार बैंकले अनुसन्धानका लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ ।

त्यस्तै बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबीए र एमबीएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट (जीआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप पाँचजना विद्यार्थीलाई बैंकले प्रतिविद्यार्थी नगद रू. ३० हजार उपलब्ध गराउनेछ ।

बैंकले व्यवस्थापन विभागमा एमबीए इन कर्पोरेट लिडरशिपमा अध्ययन गरेका सर्वोत्कृष्ट एक छात्र र एक छात्रालाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडलसहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अवार्ड’ समेत प्रदान गर्नेछ ।

साउन २४ गते बैंकको प्रधान कार्यालयमा भएको सम्झौतामा व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)