काठमाडौं (अस) । रिचेत जलविद्युत् कम्पनीको सार्वजनिक निष्कासनका लागि एनआईबिएल एस क्यापिटल विक्री प्रबन्धकमा नियुक्त गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३ दशमलव ५७ कित्ता साधारण शेयर निष्कासन गर्ने निर्णय गरेको छ । यसका लागि विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।
सोसम्बन्धी सम्झौतापत्रमा कम्पनीका अध्यक्ष अर्जुनप्रसाद पौडेल, सचिव शिशिर खनाल र क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् । २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत् कम्पनीको प्रधान कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा छ ।