काठमाडौं (अस) । एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी)बाट २ करोड ५० लाख अमेरिकी डलर ऋण भित्र्याएको छ । नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धनका लागि उक्त ऋण भित्र्याएको बैंकले जानकारी दिएको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङले उक्त ऋणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो रकमले वर्तमान असहज परिस्थितिमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने प्रमुख कार्यकारी अधिकृत केसीले बताए । सो ऋणसँगै एनएमबि बैंक चार वर्षमा आईएफसीबाट लगातार तीनपटक कर्जा पाउने बैंक बनेको छ ।