साउन २७, काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले काठमाडौंमा फरक तरिकाले गाईजात्रा मनाएका छन् । उनीहरूले यस पर्वलाई ‘प्राइड डे’ का रूपमा मनाएका हुन् ।
गाईजात्राको अवसरमा ब्लु डायमन्ड सोसाइटीले शुक्रवार काठमाडौंमा र्याली निकालेको छ । काठमाडौंको ठमेलदेखि टुँडीखेलसम्म निकालिएको र्यालीमा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिसँगै अमेरिकन राजदूत र्याडी बेरी पनि सहभागी थिए ।
ब्लु डाइमन्ड सोसाइटीले १९ वर्षदेखि गाईजात्रलाई ‘प्राइड डे’का रूपमा मनाउँदै आइरहेका छन् ।