ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खोकनामा नबिल बैंकको सचेतना कार्यक्रम सम्पन्न

२०७९ साउन, ३०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल बैंकले ललितपुरको खोकनामा डिजिटल बंैकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले सो कार्यक्रम गरेको हो ।

कार्यक्रममा बैंकले नबिल दिगो बैंकिङका विभिन्न आयामहरू, डिजिटल बैंकिङ, क्यूआर कोड लगायत सुविधाको सम्बन्धमा जानकारी गराएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिका–२१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठी, आमा समूह र सहकारीका प्रतिनिधि, स्थानीय किसान तथा उद्यमीहरूको सहभागिता थियो ।

बैंकका तर्फबाट नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित केसी, खोकना शाखा प्रबन्धक रोशन न्यौपाने लगायतको उपस्थितिमा कार्यक्रम गरिएको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाहरूको उद्यमशीलता विकास र रोजगारी सृजनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न बैंक सधैं तत्पर रहेको बताए । त्यस्तै ललितपुर महानगरपालिका–२१ खोकनाका वडाध्यक्ष रविन्द्र महर्जनले कार्यक्रमका लागि बैंकप्रति कृतज्ञता व्यक्त गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)