ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल र भिभान्ता डेन्टलमा छूट

२०७९ साउन, ३०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टल अस्पतालमा छूट पाउने भएका छन् । हिमाल डेन्टल अस्पतालका देशभरिका शाखा र काठमाडौंको कमलपोखरीमा रहेको भिभान्ता डेन्टल अस्पतालबाट उपलब्ध सेवामा बैंकका ग्राहकले छूट पाउने भएका हुन् ।

छूट लिन ग्राहकले डिजिटल भुक्तानी गर्नुपर्ने बैंकले जानकारी दिएको छ । बैंकको भिसा डेबिट कार्ड र मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छूट प्रदान गर्नेगरी दुई संस्थाबीच सम्झौता गरिएको छ । हिमाल डेन्टल अस्पतालका शाखाहरू काठमाडौंभित्र धुम्बाराही, चावहिल, लगनखेल, साँखु र काठमाडौं बाहिर चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुनसरी, कैलाली, डँडेलधुरामा रहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)