काठमाडौं । सनराइज बैंकले सुनवल वडा नं ३ मा चौतारी निर्माण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवलको वडा–३ कीर्तिपुरमा चौतारी निर्माण गरेको हो ।
उक्त चौतारीको उद्घाटन गत बिहीवार गरिएको बैंकले जानकारी दिएको छ । उद्घाटन समारोहमा सुनवल नगरपालिका प्रमुख विमला अर्याल, बैंकका नायब महाप्रबन्धक अपछकुमार यादव, सुनवल–३ का वडाध्यक्ष पविन गुरुङ लगायतको उपस्थिति थियो । उक्त चौतारीमा स्थानीयलाई विश्राम गर्न, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रम लगायत आयोजना गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।