काठमाडौं । सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरिएको छ । बैंकले ग्राहकलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा दिने उद्देश्यले उक्त प्रणालीमा स्तरोन्नति गरेको हो । मोबाइल बैंकिङ ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी ‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । सो एपमार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा जहाँसुकैबाट स्मार्टफोन, ट्याब, ल्यापटप लगायतका माध्यमबाट डिजिटल बैंकिङ सेवा लिन सक्ने बैंकको भनाइ छ ।