काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ । मंगलवार प्रभु क्यापिटल र एक्सप्रेस इट्सबीच भएको सम्झौतासँगै क्यापिटलले अफर सार्वजनिक गरेको हो । सोसँगै प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस इट्सबाट अनलाइन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् । सो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रोमो कोडमा ‘प्रभुक्याप१०’ उल्लेख गर्नुपर्नेछ ।
यसैगरी क्यापिटलका हितग्राही ग्राहकले उक्त अफर अन्तर्गत काठमाडौंको बत्तीसपुतलीमा रहेको रोडहाउस पिज्जामा समेत १० प्रतिशत छूट पाउनेछन् । सो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ ।