काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकलाई लक्षित गर्दै ‘सांग्रिला मुद्दती धमाका योजना’ खाता सञ्चालनमा ल्याएको छ । सो योजनामा न्यूनतम निक्षेप रू. दश हजारबाट राख्न सक्नेगरी खाता सञ्चालनमा ल्याएको हो । सो मुद्दती योजना अन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल पाउन सकिने बैंकको भनाइ छ । सो योजनामा ग्राहकले आफ्नो बचत रकमको १२ वर्ष २ महीना १४ दिनमा ४ गुणा रकम पाउने बैंकको भनाइ छ । त्यस्तै १४ वर्ष २ महीना १ दिन र २० वर्ष ३ महीना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा प्रतिफल पाइने बैंकले जानकारी दिएको छ ।