काठमाडौं । सानिमा बैंकले ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहक तथा ग्राहकका परिवारका सदस्यलाई लक्षित गर्दै उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकले ग्राहक लगायत परिवारका तीन जना सदस्यले अस्पताल खर्च भुक्तानी गर्न नपर्ने गरी उक्त खाता सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । सो खातामा १ लाख रुपैयाँसम्मको औषधि उपचार बीमासहित सुविधा पाइने बैंकको भनाइ छ ।
उक्त खातामा वार्षिक ८ दशमलव शून्य ३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई रू. १० लाख बराबरको दुर्घटना बीमा, रू. ३ लाखको ६ घातक रोगहरूको बीमा, रू. २५ हजारको आवधिक जीवन बीमा र रू. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा रहेको बैंकले जानकारी दिएको छ ।