काठमाडौं । ग्लोबल आइएमई बैंकले भिडियो कलमार्फत ग्राहक पहिचान सेवा (भीकेवाईसी) शुरू गरेको छ । बैंकले सो सेवा शुरू गरेसँगै अब ग्राहकले अनलाइनमार्फत खाता खोली भिडियो कलमार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् । ग्राहकले खाता खोल्न, केवाईसी फारम भर्न बैंकमा धाउनुपर्ने अवस्थाको अब अन्त्य हुने बैंकको भनाइ छ । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजात प्रमाणित तथा ग्राहक पहिचान अनलाइन भिडियोमार्फत नै गर्न सकिने बैंकले बताएको छ ।
I like global Ime bank news good