ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्यूआर मर्चेन्टका लागि नबिलले ल्यायो फोनलोनको सुविधा

२०७९ भदौ, २  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । नबिल बैंकले आफ्ना क्यूआर मर्चेन्टका लागि फोनलोनको सुविधा ल्याएको छ । यो सुविधा नेपालमै पहिलोपटक ल्याइएको बैंकले बताएको छ । ‘नबिल फोनलोन– क्यूआर मर्चेन्ट’ नामक उक्त सेवाअन्तर्गत ग्राहकले नबिल स्मार्ट बंैकिङमार्फत विनाधितो तुरुन्त कर्जा पाउने बैंकले बताएको छ ।

युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फन्ड (यूएनसीडीएफ)को सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई लक्षित गर्दै उक्त सेवा ल्याइएको बैंकले जानकारी दिएको छ । सो सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायी नबिलको ‘क्यूआर मर्चेन्ट’मा एकल नाममा दर्ता भई नबिल स्मार्ट बैंकिङमा आबद्ध हुनुपर्ने बैंकले बताएको छ ।

साथै अघिल्लो महीना पाँचओटा क्यूआर कारोबारबाट रू. १० हजार बराबरको कारोबार गर्नुपर्ने शर्त बैंकले राखेको छ । त्यस्तै पछिल्लो चार हप्तामा प्रत्येक हप्ता कारोबार गरेको हुनुपर्नेछ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)