काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकलाई बुद्ध एयर र यती एयरको टिकट खरीदमा क्यासब्याक दिने भएको छ । बैंकले चाडपर्वलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको हो । योजना लागू भइसकेको बैंकले जानकारी दिएको छ । बैंकका ग्राहकले बुद्घ एयरको टिकटमा ३५० रुपैयाँ र यती एयरको टिकटमा ५०० रुपैयाँ क्यासब्याक पाउनेछन् । यसका लागि बुद्ध एयर र यती एयरको एप तथा वेबसाइटबाट बैंकको डेबिट एवं क्रेडिट कार्ड प्रयोग गरी टिकट खरीद गर्नुपर्नेछ । क्यासब्याक पाउन ग्राहकले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्श एक्टिभ गर्नुपर्नेछ ।