ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तस्वीरमा हेर्नुस् छैटौं अन्तरराष्ट्रिय महिला व्यापार मेला 

२०७९ भदौ, २  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

भदौ २, काठमाडौं । ललितपुरमा बिहीवारबाट छैटौं अन्तरराष्ट्रिय महिला व्यापार मेला शुरू भएको छ । महिला उद्यमी महासंघको आयोजनामा चलिरहेको मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । 

भदौ ६ गतेसम्म सञ्चालन हुने व्यापार मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका सामान, प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, जैविक खाद्य पदार्थसँगै स्वदेश तथा विदेशका खानेकुराका परिकार, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडीबुटी, गरगहना, सजावटका सामानलगायतका स्टल राखिएका छन् । 

मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तरराष्ट्रिय उद्यमी महिलाहरूको सहभागिता रहनेछ । नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको महासंघले जनाएको छ । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)