काठमाडौं (अस) । एनएमबि बैंकले ‘एनएमबि स्मार्ट नारी बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले स्वदेश तथा विदेशमा रहेका महिलालाई लक्षित गर्दै उक्त खाता सञ्चालनमा ल्याएको हो । महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउने उद्देश्यले उक्त खाता योजना ल्याइएको बैंकले जानकारी दिएको छ । सो योजनाअन्तर्गत ग्राहकले मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजार रुपैयाँसम्म क्यासब्याक पाउने बैंकको भनाइ छ ।
त्यस्तै खाता योजनामा ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायत सुविधा पनि पाउनेछन् । योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशासनिक शुल्कमा पनि छूट पाउने बैंकले बताएको छ ।