ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘एक्सेल समृद्धि बचत खाता’ सञ्चालनमा

२०७९ भदौ, ६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ‘एक्सेल समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले वार्षिक ९ दशमलव शून्य ५ प्रतिशत ब्याजदर दिनेगरी उक्त खाता सञ्चालनमा ल्याएको हो । न्यूनतम २ हजार रुपैयाँमा खोल्न सकिने सो खातामा मासिक रूपमा ब्याज प्राप्त गर्न सकिने बैंकको भनाइ छ । ‘तपाईंको स्थानीय साझेदार’को नारा लिएको बैंकले स्थानीय स्तरमा बचत गर्ने बानी बसाउने उक्त खाताको लक्ष्य रहेको दाबी गरेको छ । उक्त खातावालाहरूलाई विभिन्न बैंकिङ सुविधा समेत उपलब्ध गराइने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार बैंकिङ सुविधा अन्तर्गत निःशुल्क मोबाइल बैंकिङ, एटीएम कार्ड, चेक बुक, अन्य बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क मिनाहा लगायत सुविधा उपलब्ध हुनेछन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)