काठमाडौं । लुम्बिनी विकास बैंकको सुनसरीको इनरुवा नगरपालिका–१ मा रहेको इनरुवा शाखा कार्यालय स्थानान्तरण गरिएको छ । ग्राहकको सहजताका लागि साविकको इनरुवा शाखाभन्दा करीब १०० मिटर दक्षिणतर्फ सारिएको बैंकले जानकारी दिएको छ । इनरुवा–१ देवानगञ्ज रोडस्थित गोलचोकमा स्थानान्तरण गरिएको उक्त शाखाको उद्घाटन इनरुवाका मेयर केदार भण्डारीले गरेका थिए ।
शाखा उद्घाटन कार्यक्रममा इनरुवा–१ का अध्यक्ष प्रमोद पोखरेल, सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र शाह र उपाध्यक्ष गिरिराज अटल उपस्थित थिए । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दीपक खनाल लगायतको समेत उपस्थिति थियो ।