काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले विराटनगरको विराट चोकमा रहेको नेपालीरिका होटेलमा २० प्रतिशत छूट पाउने भएका छन् । त्यसका लागि होटेल र बैंकबीच सम्झौता गरिएको छ । सोसम्बन्धी सम्झौतामा बैंकका विराटनगर शाखा प्रमुख सूर्यप्रसाद शर्मा र होटेलका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकले होटेलमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड र मोबाइल बैंकिङमार्फत होटेल बसाइको भुक्तानी गर्दा २० प्रतिशतसम्म र खानाको भुक्तानीमा १५ प्रतिशतसम्म छूट पाउनेछन् । यो सुविधाले डिजिटल कारोबारमा प्रोत्साहन पुग्ने अपेक्षा बैंकको छ ।