काठमाडौं । एभरेष्ट बैंकले रुकुमको यमुनानन्द माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो । बैंकले रुकुमको मुसीकोटस्थित सेरिगाउँमा रहेको उक्त विद्यालयलाई ४ लाख ७९ हजार ९१० रुपैयाँ सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको सो सहयोग रकमबाट विद्यालयले बेन्च र डेस्कको व्यवस्था गर्ने बैंकले जानकारी दिएको छ ।
बैंकका सीएसआर समिति सदस्य डा. गणेशराज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष महेन्द्रराज गौतमलाई सो रकमको चेक हस्तान्तरण गरेका थिए । यसबाट विद्यालयको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीको पनि उपस्थिति थियो ।