काठमाडौं । एभरेष्ट बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । एभरेष्ट बैंकका ग्राहकलाई आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी उक्त कार्डहरूबाट विभिन्न युटिलिटी सेवाको भुक्तानी गर्न सकिने बताइएको छ । यसैगरी बैंकका ग्राहकले मोको मार्फत स्क्यान टू पे माध्यमबाट १ हजार ५०० भन्दा बढी मर्चेन्टमा भुक्तानी समेत गर्न सक्नेछन् । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ । बैंकले देशैभर रहेका ११८ शाखा, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटीएममार्फत सेवा दिँदै आएको छ ।