काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल)द्वारा पशुपतिनाथ परिसरमा पुनर्निर्मित पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरिएको छ । सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले उक्त संग्रहालय तथा महास्नान घरको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित कोषका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । बैंकले पशुपति संग्रहालय तथा महास्नान घर परियोजनामा ५ करोड १४ लाख र पाशुपत क्षेत्रको संरक्षणका लागि करीब ४ करोड रुपैयाँ खर्च गरेको बताइएको छ ।