ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

२०७९ भदौ, ७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं (अस) । सनराइज बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौंबीच विपन्न वर्ग क्षेत्रको कर्जा सुरक्षण गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौंका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सनराइज बैंकबाट लघुवित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत विनाधितो सामूहिक जमानीमा प्रवाह हुने प्रतिव्यक्ति रू. दश लाखसम्म र शैक्षिक प्रमाणपत्र धितो जमानीमा प्रतिव्यक्ति रू. सात लाखसम्मको कर्जाको सुरक्षण कोषले गर्नेछ । यस्तै धितो जमानीमा प्रतिव्यक्ति रू. बीस लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालीम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोमा प्रतिव्यक्ति रू. दश लाखसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितोमा रू. १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।

सम्झौताको कार्यान्वयनले निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत लघुवित्त, विपन्न वर्ग कर्जा तथा कोषले तोकेको व्यवसाय क्षेत्रमा सन्राइज बैंकले लगानी गरेका कर्जाको जोखिम न्यूनीकरण हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)