काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरिएको छ । सोमवार एक कार्यक्रममा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्तका तर्फबाट रोशनकुमार अधिकारीले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य कुमारी क्यापिटलले गर्नेछ । अभियान लघुवित्तले ७ ओटै प्रदेशका २१ जिल्लामा रहेका ६० ओटा शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।