काठमाडौं । सिटिजन्स बैंकले तीजको अवसरमा लकर सेवा शुल्कमा छूट दिने भएको छ । बैंकले हरितालिका तीजको अवसरमा महिलालाई लक्षित गर्दै उक्त योजना सार्वजनिक गरेको हो । सो योजनामा बैंकले भदौ महीनाभरि लकर शुल्कमा ७० प्रतिशत र लकर की डिपोजिटमा ५० प्रतिशत छूट दिइने घोषणा गरेको छ । सोही योजनामा ग्राहकलाई निःशुल्क डेबिट कार्ड मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ लगायतका सुविधा उपलब्ध गराउने बैंकको भनाइ छ ।