ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंका सपिङ कम्प्लेक्समा महानगरले चलायो डोजर [फोटो फिचर] 

२०७९ भदौ, ८  
समाचार फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

भदौ ८, काठमाडौं । काठमाडौं महानगरले नक्साविपरीत पार्किङ र सेट ब्याकमा निर्माण गरिएका संरचना भत्काउने अभियान तीव्र बनाएको छ ।

बुधवार सुनधारास्थित काठमाडौं मल र खिचापोखरीमा रहेको आरबी कम्प्लेक्समा डोजर लगाइएको छ । आजै न्युरोड र दरवारमार्गमा रहेका कम्प्लेक्समा पनि डोजर लगाउने महानगरको योजना छ ।

महानगरबाट नक्सा पास गर्दा अण्डरग्राउण्डमा पार्किङ र सेट ब्याक खाली छोडिएको नक्सा पास गरे पनि अहिले उक्त स्थानमा समेत संरचना निर्माण गरी भाडामा लगाइएको थियो ।

महानगर प्रमुख बालेन शाहले नक्साविपरीत संरचना निर्माण गरिएकाले पार्किङ र पैदल यात्रुलाई समस्या भएको भन्दै त्यस्ता संरचना हटाउन ३५ दिने सूचना जारी गरेका थिए ।

३५ दिनसम्म पनि संरचना खाली नगरेपछि अहिले महानगर आफैले डोजर लिएर संरचना भत्काइरहेको छ । आफूले पास गरिरहेका संरचनामा डोजर चल्न थालेपछि स्थानीय व्यवसायीहरू भने अलमलमा परेका छन् ।

महानगरले भवन निर्माण स्वीकृति दिंदा अण्डरग्राउण्ड पार्किङको लागि स्वीकृत लिएका तर अन्य व्यवसायमा प्रयोग गरेका संरचनाहरूलाई हटाई जुन प्रयोजनको लागि हो सोही प्रयोजनमा मात्रै प्रयोग गर्न ताकेता गर्दै आएको थियो ।

भवन मापदण्ड २०६४ अनुसार व्यावसायिक सार्वजनिक भवन (तारे होटल, सिनेमा हल, थिएटर, व्यापारिक कम्प्लेक्स, नर्सिङ होम, पोलिक्लिनिक, सरकारी अर्धसरकारी कार्यालय) का लागि जमिनको २० प्रतिशत भागमा पार्किङकाे व्यवस्था हुनुपर्छ । स्कूल, क्याम्पसजस्ता शैक्षिक संस्थाका लागि १५ प्रतिशत भाग छोड्नु पर्छ । 

अण्डरग्राउण्डमा विभिन्न सर्भिसेज र पार्किङका लागि बनाइने घरको हकमा सर्भिसेज र पार्किङ बनाउने क्षेत्रको फ्लोर एरिया रेसियो (फार) गणना गरिँदैन । नक्सा स्वीकृत हुँदा यही मापदण्डका आधारमा स्वीकृति दिने गरेको महानगरले बताउँदै आएको छ ।

फोटो : सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)