ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ स्वीकृत

२०७९ भदौ, ९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र स्वीकृत भएको छ । बैंकले १० वर्षका लागि १ हजार रुपैयाँ दरका ३० लाख कित्ता ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट भदौ १ गते स्वीकृति पाएको हो । बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र  निष्कासन गर्न लागेको छ । ऋणपत्र निष्कासनका लागि विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ । बैंकले १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने १२ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गर्न लागेको हो ।

सर्वसाधारणतर्फको १२ लाख कित्ता डिबेन्चरमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ताका लागि तीनओटा सामूहिक लगानी कोषबाट कुल ९५ हजार कित्ताका लागि आवेदन प्राप्त भएको बैंकले बताएको छ । सामूहिक लगानी कोषलाई समानुपातिक आधारमा बाँडफाँट गरिएको बैंकले बताएको छ । बाँकी रहेको ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)