ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया क्यापिटलको ५५ प्रतिशत नगद लाभांश पारित

२०७९ भदौ, ९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया क्यापिटलको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधवार सम्पन्न सभाबाट ५५ प्रतिशत नगद लाभांश पारित गरिएको छ । सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार चुक्तापूँजीको ५५ प्रतिशत (करसहित)ले हुने रू. ११ करोड नगद लाभांश वितरणको प्रस्ताव पारित गरिएको कम्पनीले जानकारी दिएको छ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण समेत पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष कपिल ढकालले गत आर्थिक वर्ष २०७८/७९ मा रू. १२ करोड ८ लाख खुद मुनाफा आर्जन गरेको जानकारी गराए । साथै प्रतिशेयर आम्दानी रू. ६० दशमलव ३९ कायम गरी सञ्चालनमा रहेका मर्चेन्ट बैंकहरूमध्ये खुद मुनाफाका आधारमा अग्रणी बन्न सफल भएको उनले बताए । कम्पनी स्थापना भएको ५ वर्ष ४ महीनाको अवधिमै राम्रो सफलता पाएको उनको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)