ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुक्तिनाथ विकास बैंकको ‘तीज विशेष अफर’

बैंक खाता खोल्दा १ लाखसम्मको बीमा

२०७९ भदौ, ९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले हरितालिका तीजको अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत यही भदौभित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीहरूले १ लाख रुपैयाँसम्मको चिकित्सासम्बन्धी बीमा पाउनेछन् ।

यसैगरी पहिलो वर्षका लागि निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ र ट्र्याङ्क्विलिटी स्पाका विभिन्न सेवामा ५० प्रतिशतसम्म छूट (भदौ महिनाका लागि) पाउने बैंकले जानकारी दिएको छ ।

यस योजनामा शर्तहरू लागू हुने भएकाले यस योजनाबारे थप जानकारीका लागि ग्राहकले बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सक्ने बताइएको छ । यो योजनाले नारीहरूको सम्मान गर्दै नारीहरूलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)